Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

गायक तथा सङ्गीतकार विक्रम राईको निधन

गायक तथा सङ्गीतकार विक्रम राईको निधन

काठमाडौँ : गायक तथा सङ्गीतकार विक्रम राईको निधन भएको छ । खोटाङ घर भएका राईको हृदयाघातका कारण शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाकारी दिएको हो ।उनको निधनप्रति कलाकारहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

गायिका मेलिना राईले लेखेकी छन्, ‘जिन्दगी साँचै नै अप्रत्याशित रहेछ । यो अकल्पनीय घटनाले स्तब्ध बनाएको छ ।आज हामी माझ एक कुशल गायक, सङ्गीतकार रहनुभएन विश्वास गर्न धेरै गाह्रो भएको छ हामी सबैलाई । शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु, उहाँहरूलाई धैर्य धारण गर्न सक्ने क्षमता मिलोस् ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij