Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते, ५०० ग्राम हेरोइन र पेस्तोल बरामद

प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते, ५०० ग्राम हेरोइन र पेस्तोल बरामद

काठमाडौँ :  प्रहरीले मोरङको रतुवामाई नगरपालिका–६ स्थित शनिश्चरे बजारमा गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना लागुऔषध कारोबारी घाइते भएका छन्। लागुऔषध नियन्त्रण ब्यूराेबाट खटिएको प्रहरीले चलाएको गोली लागेर दुई जना भारतीय नागरिक घाइते भएका छन् । आरोपीहरूसँग हातपात हुँदा एक जना ब्यूरोका प्रहरी घाइते भएका छन् । 

आरोपीहरूको साथबाट ५ सय ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूराेका एक जना अधिकृतले  बताए । आरोपीहरूको साथबाट प्रहरीले एक थान पेस्तोल पनि बरामद गरेको छ । प्रहरीले दुई जना भारतीय र अर्का एक जना नेपाली सहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij