Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

‘महाभोज’को सकियो छायाङ्कन

‘महाभोज’को सकियो छायाङ्कन

काठमाडौँ : दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘महाभोज’को छायाङ्कन सकिएको छ । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य कैद गर्दै छायाङ्कन सकिएको हो ।

चलचित्रको छायाङ्कन गत माघ ८ गते पोखराको घाचोकबाट सुरु भएको थियो । चलचित्रको ३५ दिने छायाङ्कन तालिकामा ३३ दिन घाचोक र २ दिन काठमाडौँमा गरिएको निर्देशक राउतले बताए ।

निर्देशकका अनुसार ‘महाभोज’ समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको कथामा आधारित छ । चलचित्रले सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही स्वर प्रस्तुत गर्ने विश्वास उनले लिएका छन् ।

चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय छ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । छायाकार राजेश श्रेष्ठ हुन् भने सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij