Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

१० दिनदेखि साउदीमा ‘ग्राउन्डेड’ निगमको जहाज ८७ यात्रुसहित काठमाडौंमा

१० दिनदेखि साउदीमा ‘ग्राउन्डेड’ निगमको जहाज ८७ यात्रुसहित काठमाडौंमा

काठमाडौं : साउदी अरबको दम्माममा प्रविधिक समस्याका कारण ‘ग्राउन्डेड’ भएको नेपाल वायुसेवा निगमको ‘न्यारो बडी’ जहाज काठमाडौं अवतरण भएको छ ।युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित ‘ए३२०–२००’ सिरिजको ‘९एन–एकेएक्स’ दर्ता नम्बरको निगमको उक्त जहाज आज बिहान १०ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।मर्मतपछि ८७ यात्रु लिएर काठमाडौं आएको एकेएक्स जहाज बेलुका मलेसियाको क्वालालम्पुर जाने तालिका रहेको निगमले जनाएको छ ।

गत शनिबार साउदीको दम्माम गएको उक्त जहाज गत आइतबार काठमाडौं फर्कनुअघि प्राविधि जाँच हुँदा ‘नोज ल्यान्डिङ गियर’ मा समस्या देखिएपछि ग्राउन्डेड गरिएको थियो । आवश्यक मर्मतपछि जहाज आज काठमाडौं फर्किएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij