Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

फिल्म ‘होस्टेल ३’ को ट्रेलरमा ब्राह्मणको नाकको आकार र टुप्पीमाथि व्यङ्ग्य

फिल्म ‘होस्टेल ३’ को ट्रेलरमा ब्राह्मणको नाकको आकार र टुप्पीमाथि व्यङ्ग्य

काठमाडौं : सामाजिक सञ्जाल, अझ विशेष टिकटक र युट्युबका इन्फ्लुएन्सरहरुलाई अभिनय गराएर निर्माण भएको फिल्म ‘होस्टेल ३’ रिलिजको चरणमा छ।फागुन २३ मा रिलिज डेट तय गरेको फिल्मको गीतको ट्युन नै चोरी गरेको खुलेको थियो। यसमा निर्माण टिम मौन बस्यो। यही फिल्मले शुक्रवार फिल्मको ट्रेलर रिलिज गर्यो जसमा आह भन्ने कुनै दृश्य देखिन्न।

होस्टल जीवनको आरोह-अवरोह, घोचपेच अनि प्रेम र धोका। यसैको वरिपरि फिल्म घुमेको देखिन्छ। फिल्ममा एक पात्र ब्राह्मणलाई बनाइएको छ। फिल्ममा ब्राह्मण समुदायको शारीरिक आकार अनि उसको टुप्पीलाई हाँस्यपात्रको रूपमा प्रस्तुत गरिएको छ। यसले फिल्मलाई विवादमा पार्ने जोखिम देखिन्छ।

पछिल्लो पटक नेपाली फिल्महरू कहिले सेन्सर बोर्डको लफडामा पर्ने त कहिले अदालतको चक्कर काट्नुपर्ने वातावरण बनिरहेका छन्। कुनै पनि जात जाति वा सम्प्रदाय होच्याउनु कानुन विपरीत हो। ट्रेलरमा समावेश पात्र र संवादमा जाति विशेष टिप्पणी भएकाले होस्टल ३ ले पनि सेन्सरको झमेला नबेहोर्ला भन्न सकिन्न।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट