एजेन्सी : विक्की कौशल स्टारर बलिउड फिल्म ‘छावा’ ले आक्रामक व्यापार गरिरहेको छ। यस फिल्मले रिलिजको तीन दिनमा १०० करोडभन्दा धेरै भारतीय रुपैयाँ कमाइ गरेको हो।फिल्म छावा विक्की कौशलको करियरको लागि कोसेढुङ्गा सावित भएको छ। यसअघि विक्कीको कुनै पनि चलचित्रले पहिलो विकेन्डमा यति धेरै कमाएको थिएन।
पहिलो दिन यस फिल्मले ३३ करोड भारु ओपनिङ गरेको थियो। जुन सन् २०२५ को ठूलो ओपनिङ फिल्म हो। त्यसैगरी, पहिलो दिन यस फिल्मले विश्वभर ४७।२५ करोड कमाइ गरेको थियो।
जुन विक्कीको करिअरको सर्वाधिक ओपनिङ गर्ने फिल्म हो। पहिलो दिन ३३ करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन ३९ करोड र तेस्रो दिन ४८ करोड भारु कलेक्सन गरेको छ।
तीनदिनमा यस फिल्मको कमाइ १२० करोड पुगिसकेको छ। लक्ष्मण उतेकर निर्देशित यस फिल्मा विक्कीसहित रश्मिका मन्दना र अक्षय खन्नाको मुख्य भूमिका छ। फिल्ममा विक्की छत्रपति शिवाजी महाराजका छोरा संभाजी महाराजको भूमिकामा देखिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij