नयाँ दिल्ली : नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडको घटनापछि भारत सरकारले मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । रेलवेले क्षतिपूर्ति घोषणा गरेको हो । रेलवेका अनुसार मृतकका परिवारलाई जनही १० लाख र घाइतेको उपचारका लागि साढे २ लाख दिइनेछ । शनिबार राति भएको घटनामा हालसम्म १८ जनाको मृत्यु भइसकेको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको आइतबार बिहान दिल्ली प्रहरीले बताएको हो ।
घाइतेहरूको लोकनायक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुरेश कुमारका अनुसार यतिबेला अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । सबैजना खतरामुक्त रहेको बताइएको छ । अस्पतालमा ल्याइएको १५ शवको पोस्टमार्टम सोमबार गरिने अर्का डाक्टरले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij