Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड मच्चिदा १५ जनाको मृत्यु

नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड मच्चिदा १५ जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा अस्वभाविक भीडका बीच भागदौड मच्चिदा १५ जनाको मृत्यु भएको छ । घटनामा अन्य १० जना घाइते भएका छन् ।नयाँ दिल्लीको लोक नायक अस्पतालका डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. रितु सक्सेनाले हिजो साँझ रेलवे स्टेशनमा हजारौं मानिसहरूको भिड लागेपछि भागदौड मच्चिदा १५ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो ।

रोयटर्सका अनुसार मृत्यु हुनेमा १० जना महिला र ३ बालबालिका रहेका छन् । भारतको प्रयागराजमा जारी कुम्भ मेलामा जाने र आउनेको अत्यधिक भीडमा भागदौड मच्चिदा अप्रिय घटना भएको हो ।भारतीय प्रधानमन्त्री मोदीले सामाजिक संजाल एक्समा पोष्ट गर्दै दिल्ली घटनामा प्रति दुःख व्यक्त गर्दै पीडित परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट