Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

कैलालीबाट सशस्त्रले गर्यो १० करोड ८७ लाखको तस्करीको सामान जफत

कैलालीबाट सशस्त्रले गर्यो १० करोड ८७ लाखको तस्करीको सामान जफत

धनगढी: कैलालीबाट सशस्त्र प्रहरीले दश लाख ८७ लाख बढीको तस्करीको सामान जफत गरेको छ।गत वर्षको फागुन १ गतेदेखि २०८१ को माघ मसान्तसम्म १० करोड ८७ लाख ८३ हजार पाँच सय ५३ रुपैयाँको तस्करीको सामान सशस्त्र प्रहरीले बरामद गरिएको हो।

सशस्त्र प्रहरी, कैलालीले पछिल्ला २ आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बढी रकमको तस्करीको सामान जफत गरेको छ। सशस्त्र प्रहरीले उपलब्ध गराएको तथ्याङ्कमा आर्थिक वर्ष २०७८/०७९ मा तीन करोड ७० लाख २९ हजार एक सय ३८, २०७९/०८० मा चार करोड १६ लाख ९१ हजार ६ सय ६३ र चालु आर्थिक वर्ष २०८०/०८१ मा १० करोड ८७ लाख ८३ हजार पाँच सय ५३ रुपैयाँ अवैध भन्सार छलीको सामान जफत गरिएको हो।

सशस्त्र प्रहरीले चैत, कात्तिक, मङ्सिर र पुस महिनामा एक करोड बढीको भन्सार छलीको सामान बरामद गरेको छ। गत फागुनमा ३१ लाख ३८ हजार ६२, चैतमा एक करोड ६ लाख ७३ हजार एक सय ७१, वैशाखमा ४५ लाख ७९ हजार नौ सय २३, जेठमा ७४ लाख ६१ हजार सात सय २४, असारमा ९२ लाख १७ हजार २ सय ५२, श्रावणमा ८९ लाख ९० हजार ६ सय ७०, भदौमा ८८ लाख ८८ हजार ७३, असोजमा ६४ लाख ९८ हजार तीन सय २७, कात्तिकमा एक करोड ५१ लाख ५५ हजार ६ सय ३४ रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको छ। यस्तै, मङ्सिर महिनामा एक करोड ६७ लाख सात सय ३१, पुस महिनामा एक करोड ६ लाख ६४ हजार एक सय ७३ र माघ महिनामा ६८ लाख १५ हजार आठ सय १३ रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको छ।

कैलालीमा नेपाल–भारत सीमा क्षेत्र एक सय एक किलोमिटरसम्म छ। नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएको हो। सीमा अतिक्रमण रोक्न, अवैध ढंगले नेपाल–भारत प्रवेश गर्न नदिन, अवैध क्रियाकलाप नियन्त्रण गर्न, चोरी निकासी बन्द गर्न तथा सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सशस्त्र प्रहरी परिचालन गरिएको हो। सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट (बीओपी)हरु स्थापना गरेर काम गर्दै आएको छ। सशस्त्र प्रहरीको नम्बर ३४ गणका प्रमुख एसपी दलबहादुर पाण्डेले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएको बताए।

कैलालीको फूलबारी, भजनी र खक्रौला, भुइँयाफाँटा, बंगराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर, श्रीलंकाटापुमा लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले बीओपी स्थापना गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij