एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झण्डै १० हजार संघीय कर्मचारीलाई बर्खास्त गरेका छन्।शुक्रबारसम्म ट्रम्पले झण्डै १० हजार कर्मचारीलाई बर्खास्त गरेका हुन्।आन्तरिक मामिला, ऊर्जा, सैन्य मामिला, कृषि तथा मानव सेवामा लगायत दर्जनौ विभागमा कार्यरत कर्मचारीहरू बर्खास्त गरिएको रोयटर्सको समाचारमा उल्लेख छ।
बर्खास्तीमा पर्नेहरुमा अधिकांश परीक्षणकालमै रहेका कर्मचारीहरू रहेको भनिएको छ। बोस्टनको अदालतले कर्मचारीलाई निस्कासन गर्ने ट्रम्पको योजनामा यसअघि नै बाटो खुला गरिदिएको थियो।
अदालतले ट्रम्प प्रशासनलाई इच्छुक कर्मचारीहरूलाई राजीनामा गराउने प्रक्रिया पुनः सुरू गर्न भनेको थियो। ट्रम्प प्रशासनले यसअघि स्वेच्छिक राजीनामा गर्न भनेर संघीय कर्मचारीहरुलाई इमेल पठाएको थियो।स्वेच्छिक राजीनामा गर्दा आगामी सेप्टेम्बर महिनासम्म काम नगरी तलब दिइने आश्वासन पनि दिइएको थियो।अमेरिकामा २३ लाख संघीय कर्मचारी छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij