Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित

भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित

रौतहट : रौतहट र बाराको सिमानासँग जोडिएको भारतको बिहार राज्यस्थित मोतीहारी जिल्ला, झरौखर थानाको नियन्त्रणबाट एक जना नेपाली गाँजा तस्कर फरार भएका छन् । भारतीय नम्बरको गाडीमा ४३ किलो लागुऔषध गाँजासहित पक्राउ परेका रौतहट, मौलापुर नगरपालिका, पिपरिया गाउँका २५ वर्षीय लक्ष्मी नारायण साह शुक्रबार बिहान भारतीय प्रहरीको नियन्त्रणबाट भागेका हुन् । बिहान ६ बजे शौच गर्ने बहानामा थाना छेउको चौरमा लागिएको अवस्थामा साह भागेको भारतीय प्रहरीले जनाएको छ । झरौखर थानाबाट नेपाली सिमाना दशगजा बढीमा ५०० मिटरको दुरीमा पर्छ ।

साह भागेपछि लगत्तै थानाका चौकीदार राम औतारलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ । मोतीहारीका एसपी सुवर्ण प्रभातका अनुसार विनाहथकडी शौच गराउन लगेका चौकीदार राम औतारलाई तत्काल निलम्बन गरी रक्सौलका डीएसपी धीरेन्द्र कुमारको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ । बीआर १ पीबी ०१११ नम्बरको कारमा ४३ किलो गाँजा लुकाइछिपाइ बाराबाट भारततर्फ लागिरहेको अवस्थामा बिहीबार झरौखर चोकस्थित भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट