Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अमेरिकामा स्वास्थ्य मन्त्री बने रोबर्ट एफ केनेडी

अमेरिकामा स्वास्थ्य मन्त्री बने रोबर्ट एफ केनेडी

वासिङ्टन डीसी : अमेरिकी सिनेटले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य मन्त्रीको रूपमा रोबर्ट एफ. केनेडी जूनियरको नामलाई अनुमोदन गरेको छ । यिनी ट्रम्पको मन्त्री परिषद्मा सबैभन्दा विवादास्पद व्यक्ति हुन् । अब केनेडीले ८० हजारभन्दा धेरै कर्मचारी कार्यरत मुख्य स्वास्थ्य एजेन्सीहरूको निगरानी गर्नेछन् । सिनेटमा रिपब्लिकन र डेमोक्रेट् दुबै दलका सांसदहरूले केनेडीलाई स्वास्थ्य मन्त्री बनाएकोमा प्रश्न गरेका थिए ।

केनेडी आफैँले कोभिड विरुद्धको खोप कार्यक्रमको विरोध गरेका थिए । बिहीबार सिनेटमा केनेडीको पक्षमा ५२ र विपक्षमा ४८ मत खसेको थियो । कुनै पनि डेमोक्रेटिक सांसदले उनलाई समर्थन गरेका थिएनन् । केनेडी विरुद्ध मतदान दिने एक मात्र रिपब्लिकन सिनेटका पूर्व बहुमत नेता मिच म्याककोनेल थिए । ट्रम्प प्रशासनमा नियुक्त गरिएका केनेडी अन्तिम मन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट