Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते

ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते

ताइपेई : ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार भएको उक्त विष्फोटमा अरु १० जना घाइते भएका छन् ।

ताइचुङ शहरको शिन कङ मित्सुकोशी डिपार्टमेन्ट स्टोरको १२ औं तलामा रहेको फूड कोर्टमा विस्फोट भएको अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।

घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको र तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । आगो निभाउन दर्जनौँ अग्नि नियन्त्रकहरू खटिरहेका छन् । विष्फोटमा भवनको बाहिरी हिस्सा क्षतविक्षत भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट