Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

जँड्याहा पतिबाट दिक्क भएका दुई महिलाले गरे आपसमा बिहे

जँड्याहा पतिबाट दिक्क भएका दुई महिलाले गरे आपसमा बिहे

एजेन्सी: भारतको गोरखपुरमा एउटा अनौठो घटना भएको छ।रक्सी धोकेर घरमा भाँडभैलो मच्चाउने आफ्ना जँड्याहा लोग्नेहरुबाट आजित भएका दुई महिलाहरुले घरबाट भागेर एक आपसमा बिहे गरेका छन्।

इन्स्टाग्रामबाट चिनाजानी भएका कविता र गुन्जाले सोसल मिडियामै कुराकानी हुँदा एक अर्काको कहानी समान भएको पाए।उनीहरु दुवैजना आफ्नो लोग्नेको रक्सीको कुलतका कारण निकै समस्यामा थिए। एक अर्काबीच आ-आफ्ना कथा व्यथा शेयर गर्दागर्दै उनीहरु नजिकिए।

त्यसपछि उनीहरु जँड्याहा लोग्नेहरुलाई छाडेर घरबाट निस्किने र एक आपसमा बिहे गरेर घरजम गर्ने निधोमा पुगे। कविता र गुन्जा उर्फ बब्लुको देओरियास्थित छोटी काशी मन्दिरमा बिहे भयो।त्यसक्रममा गुन्जा बेहुलो बनिन् । दुवैले एक अर्कालाई माला लगाइदिए र ५ पटक मन्दिरको परिक्रमा गरी जिवनभर सँगै जिउने कसम खाए।

मन्दिरका पुजारी उमा शंकर पाण्डेका अुनसार ती दुई महिलाले फूलमाला तथा सिन्दुर किने, विवाहको विधि पूरा गरे र त्यहाँबाट बाहिरिए। उनीहरुले अब गोरखपुरमा गएर कोठा भाडामा लिएर बस्ने र दाम्पत्य जिवन सँगै बिताउने निर्णय गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij