Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

उडिरहेको विमान र हेलिकोप्टर ठोक्किएर दुर्घटना : १८ शव भेटियो

उडिरहेको विमान र हेलिकोप्टर ठोक्किएर दुर्घटना : १८ शव भेटियो

वासिंगटन : अमेरिकन एयरलाइन्सको विमान र सेनाको हेलिकोप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा परिचालित उद्धार टोलीले १८ वटा शव फेला पारेको छ । अमेरिकाको रिगन वासिंगटन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथिको आकाशमा उक्त दुर्घटना भएको थियो ।

आपतकालीन उद्धार टोलीले १८ वटा शव फेला परेको जनाइएको छ । विमानमा ६० यात्री र चालक दलका चार सदस्य सवार थिए भने सेनाको हेलिकोप्टरमा तीन जना सवार रहेको जनाइएको छ ।

सेनाको हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको र विमान अवतरणको क्रममा रहँदा आपसमा ठोक्किएका थिए । विमानको टुक्रा नदीमा फेला परेको बताइएको छ । हेलिकोप्टरको भग्नावशेष पनि नदी नजिकै फेला परेको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij