Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

आज ३ इजरायली, ५ थाई बन्दीलाई रिहा गर्दै हमास

आज ३ इजरायली, ५ थाई बन्दीलाई रिहा गर्दै हमास

तेल अभिभ :  प्यालेष्टिनी सशस्त्र समूह हमासले बिहिबार थप ८ जना बन्दी रिहा गर्दैछ । टाइम्स अफ इजरायलमा छापिएको समाचारका अनुसार हमासले युद्धविराम सम्झौता अन्तर्गत आज अरु तीन जना इजरायली बन्दी र पाँच जना थाइ बन्दीलाई रिहा गर्दैछ ।

हमासले दिएको तीन इजरायलीमा सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र ८० वर्षका मोशे मोजेज छन् । रिह गर्न लागिएका पाँच जना थाई नागरिकको नाम भने खुलाइएको छैन ।

गाजामा हमासको कब्जामा ८ जना थाइ बन्दी छन् । नेपालका एक र तान्जानियाका एक जना छन् । थाईका अरु दुई बन्दी र तान्जानियाली नागरिकको मृत्यु भइसकेको इजरायलले भनेको छ । नेपाली विपिन जोशीको बारे अहिलेसम्म केही पनि भनिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij