Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

गैरकानुनी आप्रवासी राख्‍न ग्वान्टानामो खाडीमा बन्दीगृह विस्तार गर्न ट्रम्पको आदेश

गैरकानुनी आप्रवासी राख्‍न ग्वान्टानामो खाडीमा बन्दीगृह विस्तार गर्न ट्रम्पको आदेश

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाको ग्वान्टानामो खाडीमा तीस हजार गैरकानुनी आप्रवासीहरूलाई राख्‍न हिरासत केन्द्र विस्तार गर्न आदेश दिनुभएको छ ।देशभर रहेका दशौं लाख अवैध आप्रवासीहरुलाई स्वदेश फिर्ता र कानुनी कारवाहीको क्रम बढेसँगै उनीहरुको व्यवस्थापनकालागि हिरासतको ठाउँ खोजिएको हो ।यसैक्रममा अमेरिकाले ग्वान्टानामो खाडी प्रस्ताव गरेको हो । कुख्यात अपराधीहरुलाई राख्ने ठाउँका रुपमा अमेरिकाले यसअघि पनि ग्वान्टानामो खाडीलाई प्रयोग गर्दै आएको छ ।

यता क्युबाली राष्ट्रपतिले भने अमेरिकी योजनालाई “क्रूरताको कार्य” भन्नुभएको छ । ट्रम्पले अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक पद बहाली पछि अमेरिकामा रहेका विकृति अन्त्यका लागि भन्दै विभिन्न कार्यकारी आदेश जारी गरी कार्य अघि बढाउनु भएको छ । उहाँका कतिपय आदेशहरुप्रति कानुनी रुपमै प्रश्न उठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij