Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अमेरिकाबाट सुरु भयो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अडिसन

अमेरिकाबाट सुरु भयो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अडिसन

न्युयोर्क : सबैभन्दा धेरै पुरस्कार राशि भएको विश्व स्तरीय नेपाली गायन र नृत्यका रियालिटी सोहरू मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन दुईको अडिसन अमेरिकाको ओहायोबाट सुरु भएको छ।संसारका ५ महादेशहरूमा पर्ने १२ देशका १४ सहरहरूमा तय गरिएका यी अडिसनहरूको सुरुवात अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६ मा भएको छ।

अमेरिका र क्यानडाका नेपाली जातिका गायन र नृत्यका प्रतिभाहरू सम्मिलित एक भव्य समारोहका बिच आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले अडिसनको शुभारम्भ गर्नुभयो।विश्वभर छरिएर रहेका नेपाली जातिका कलाकारहरूबिच प्रतिस्पर्धा गराइने यी दुवै सोहरूका विजेताले १ करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख पुरस्कार पाउने छन्।

शुभारम्भका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै फाउन्डेसनका अध्यक्ष अधिकारीले संसारको जुनसुकै कुनामा बसे पनि आफ्‌नो मौलिक संस्कृतिलाई जीवन्त राख्न प्रयत्न गरिरहनु पर्ने बताउनुभयो । उहाँले नेपाली जातिको अमूल्य संस्कृतिले नै आफूहरूलाई नेपाली बनाएको भन्दै यसलाई जोगाउन विश्व स्तरीय दुई सो हरू सुरु गरिएको बताउनुभयो।

नेपाली जातिको संस्कृतिलाई गीत, सङ्गीत र नृत्यका माध्यमबाट अर्को पुस्तासम्म पुस्तान्तरण गर्ने, यही माध्यमबाट नेपाली जातिको एकतालाई संसारभर मजबुत पार्ने र जहाँ सुकै बसे पनि नेपाली जातिलाई नेपालसंग जोड्ने उद्देश्यले गैरनाफामुलक संस्था फाउन्डेसनले यी सो हरू आयोजना गर्दै आएको उहाँले जानकारी दिनुभयो।

अमेरिकाबाट सुरु भएको अडिसन युरोपका लन्डन र पोर्चुगल, जापानको टोकियो, चीनको हंगकंगमा फेब्रुअरी १५ र १६ मा हुँदै छ भने अस्ट्रेलियाको सिड्नीमा फेब्रुअरी २३, थाइल्यान्डको बैकक, युएईको दुवईमा फेब्रुअरी २२ र २३ मा हुने जानकारी पनि दिइयो।त्यसै गरी कतारको दोहामा फेब्रुअरी २१ मा र भारतको मुम्बईमा मार्च १ र २ मा अडिसन हुने छन्।

भारतको सिलगसडीमा मार्चको ८ र ९ तारिकमा अडिसन सम्पन्न गरेपछि नेपालका विभिन्न चार सहरहरू बिर्तामोड, पोखरा, नेपालगन्ज र काठमाडौँ अडिसनहरू सम्पन्न गरी संसारभरबाट छानिएका प्रतिभाहरूलाई फाउन्डेसनले आफ्‌नै खर्चमा नेपाल लैजाने र बाँकी प्रतिस्पर्धालाई अघि बढाउने छ।

दुवै सो हरू नेपाल टेलिभिजनबाट प्रसारण गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो।अमेरिका र क्यानडाका गीत र नृत्यका ६० भन्दा बढी प्रतिभाहरूले भाग लिएको सो अडिसनबाट गीततर्फ ६ जना र नृत्यतर्फ ५ जना छनौट गरिएको छ।

अमेरिकाको फिल्ड अडिसनका लागि निर्णायकहरूमा गायनतर्फ वरिष्ठ सङ्गीतकार सुशील विश्वकर्मा , गायकहरू केशव पौडेल, अर्जुन रसाइली र सङ्गीतकार मुस्कान बलम्पाकी मगर तथा नृत्यतर्फ नायक दिलीप रायमाझी, शङ्कर बिसी, रुपेश उप्रेती र पार्वती राई रहनुभएको छ ।

कार्यक्रममा अध्यक्ष अधिकारीले फाउन्डेसनको संस्कृति विभागको प्रमुखमा पेन्सिलभेनिया निवासी ओमराज गुरुङलाई नियुक्त गरिएको जानकारी दिनुभयो। मेरो डान्स युनिभर्सलको अमेरिका अडिसनका दिन इन्ट्रा डान्स स्कुल कोलम्बसका विद्यार्थीहरूले समेत आकर्षक नृत्यहरू देखाएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij