Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

आप्रवासी बोकेको विमान रोकेको भन्दै कोलम्बियामाथि थप २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

आप्रवासी बोकेको विमान रोकेको भन्दै कोलम्बियामाथि थप २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं : अमेरिकाले ल्याटिन अमेरिकी मुलुक कोलम्बिया माथि थप २५ प्रतिशत कर र प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनलाई कोलम्वियामाथि कडाई गर्न निर्देशन दिनुभएको हो ।

अमेरिकाबाट फिर्ता पठाउने आप्रवासी बोकेका सैन्य विमानहरुको उडान रोक्ने कोलम्बियाको निर्णयसँगै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो ।कोलम्बियाका राष्ट्रपतिले पनि अमेरिकाबाट आयात हुने वस्तुमा समान शुल्क लगाउने घोषणासहित अमेरिकालाई जवाफ फर्काएका छन् ।

आफ्ना नागरिकलाई अपराधी जसरी सैन्य विमानमा ल्याएकोमा विरोध जनाउँदै कोलम्वियाले नागरिक विमानहरुबाट फर्काएका स्वागत गरिने जनाएको छ ।यसैबीच सिकागोमा अवैधानिक आप्रवासीको छापा मार्न शुरु गरिएको छ । यसरी समातिने आप्रवासीलाई तत्काल राख्नका लागि एक लाख शैय्या सहितका बन्दीगृह निर्माण गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij