Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्दै हमास

थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्दै हमास

तेल अभिभ : उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा हमासले छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले यस हप्ता थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसहरूलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका हुन्।रिहा गरिने बन्धकमध्ये एक नागरिक अर्बेल येहुद पनि छन्। आम नागरिकको रिहाइ नहुँदा इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिएको छैन।

हमासले शनिबार चार जना बन्धकहरूलाई रिहा गरेको थियो तर त्यतिबेला अर्बेल येहुदलाई भने रिहा गरेन। इजरायलले हमासमाथि युद्धविराम सम्झौताका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको थियो। सम्झौता अनुसार पहिले इजरायली नागरिकलाई रिहा गर्नु पर्ने थियो।गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले सात बन्धकहरूलाई रिहा गरेको छ। इजरायलले बदलामा २ सय प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij