भरतपुर : नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन चितवनको अध्यक्षमा पुनः दधिराम देवकोटा चयन भएका छन् ।नेकपा (एमाले) चितवनको पार्टी कार्यालयको सभाहलमा सम्पन्न संगठनको ३४ औँ स्थापना दिवस तथा छैठौँ अधिवेशनले सर्वसम्मतबाट देवकोटाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । देवकोटा अध्यक्षमा पुनः दोहोरिएका हुन् ।
निर्वाचन समिति अध्यक्ष एवम् एमाले चितवनका सचिवालय सदस्य कृष्ण केसीका अनुसार समितिको उपाध्यक्षहरुमा भेषनाथ चौलागाईं, राजेन्द्रप्रसाद वाग्ले, सचिवमा टुलकदत्त पौडेल, उपसचिवहरुमा रमादेवी भट्ट, शुक्रबहादुर श्रेष्ठ र कोषध्यक्षमा चन्द्रप्रकाश पौडेल चयन भएका छन् । नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन एमालेनिकट संगठन हो ।
स्थापना दिवसका अवसरमा संगठनमा रहेर विशिष्ट योगदान पुर्याउने १२ जना भूपू सैनिक र सैनिकका परिवारलाई सम्मान गरिएको छ ।स्थापना दिवस तथा अधिवेशनको खुला सत्रमा एमाले चितवनका अध्यक्ष कमलराज पाठक, निवर्तमान अध्यक्ष एवम् प्रदेश कमिटी सदस्य रामप्रसाद न्यौपाने, पूर्वबागमती प्रदेश सभासद् कृष्ण भूर्तेललगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij