Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवन पेट्रोलियम डिलर्स एशोसिएसनको पहिलो महिला अध्यक्षमा शर्मिला सेढाई

चितवन पेट्रोलियम डिलर्स एशोसिएसनको पहिलो महिला अध्यक्षमा शर्मिला सेढाई

चितवन :   चितवन सफल बरिष्ठ महिला उघमी शर्मिला सेढाई पेट्रोलियम डिलर्स एशोसिएसनको अध्यक्ष बनेकी छिन् । उनी विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील समाजसेवीको रूपमा समेत पहिचान बनाएकी छिन् । एशोसिएसनको इतिहासमा नै शर्मिला पहिलो महिला अध्यक्ष बनेकी हुन् । चितवनको भरतपुर-१२ निवासी शर्मिला हालै भएको अधिवेशनबाट एशोसिएसनको अध्यक्ष बन्न सफल भएकी हुन् ।

शर्मिलाले लामो समयदेखि वि.सं २०४७ सालमा गोन्द्राङमा स्थापना भएको ॐ गौरीशंकर आयल स्टोर्स र वि.सं २०५३ मा स्थापना भएको कुरिनटारको बाबाधाम ट्रेडर्स पेट्रोल पम्पको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । वि.सं २०६१ मा उहाँका श्रीमानको देहवसानपछि पनि निरन्तर आफ्नो व्यवसायलाई अगाडि बढाउँदै शर्मिलाले समाजमा आफ्नो प्रतिष्ठा कायम राख्न सफल महिलाको रुपमा आफूलाई स्थापित गरेकी छिन् ।

शर्मिलाले विभिन्न संघरसंस्थामा रहेर सामाजिक, शैक्षिक क्षेत्रमा समेत आफूलाई उभ्याउँदै आएकी छिन् । चितवन पेट्रोलियम डिलर्स एशोसिएसनमा लामो समयदेखि कार्यसमितिमा रही दुई कार्यकाल उपाध्यक्ष भएकी शर्मिला हालै भएको जिल्ला अधिवेशनबाट ०८१-०८३ का लागि अध्यक्ष बनेकी हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट