Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवनको बन्दा र काउलीमा नयाँ रोग

चितवनको बन्दा र काउलीमा नयाँ रोग

चितवनमा लगाइएको काउली र बन्दामा नयाँ रोग देखिएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार पात कुहिने, फल ठूलो नहुने र पात डढ्ने र तन्कने गरेको छ।

कार्यालयका बाली संरक्षण अधिकृत गीता केसीका अनुसार पुसको पहिलो सातादेखि राप्ती नगरपालिका–५ र ८ मा यो रोग देखिएको उनले जानकारी दिए।

उनले भने, ुरोग देखिएको जानकारी आएपछि पहिलो पटक नमुना परीक्षणका लागि पठाइएकामा रोग पुष्टि नभएकाले दोस्रो पटक पुनःपरीक्षणका लागि पठाएका छौँ। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको प्रयोगशालामा परीक्षणका लागि पठाइएको उनले बताए। दोस्रो पटक नमूना पठाउँदा ढुसी हो कि भन्ने आए पनि हालसम्म रोग पत्ता लाग्न नसकेको उनले जानकारी दिए।

कार्यालय प्रमुख झलकनाथ कँडेलले रोगको नमुना प्रयोगशालामा पठाइएको भए पनि रोग पुष्टि हुन समय लाग्दा किसान चिन्तित भएको बताए। रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट