Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवन महोत्सव मुल समितिको बैठक सम्पन्न : महोत्सवको तीव्र तयारी हुँदै

चितवन महोत्सव मुल समितिको बैठक सम्पन्न : महोत्सवको तीव्र तयारी हुँदै

चितवन : यही पुष २५ देखि सुरु हुने १५ औं संस्करणको चितवन महोत्सव मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ ।उद्योग वाणिज्य संघ (उवासंघ) चितवनमा बसेको बैठकले महोत्सवको तयारीका बारेमा छलफल गरेको छ ।

बैठकको सुरुवातमा आफ्नो कुरा राख्दै मुल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले महोत्सवको तयारीका बारेमा समितिका सदस्यहरुलाई जानकारी गराए ।उनले महोत्सवमा स्टल निर्माणको काम ९० प्रतिशत बढी सकिएको बताए । अब प्रत्येक प्रदर्शकहरुलाई उनीहरुको स्टल पहिचान गराउने काम थालिने बताए ।

अन्यत्र महोत्सव सकेर आएका प्रदर्शकको सामग्री व्यवस्थापनका कामहरु गरिएको उनले बताए । त्यसैगरी महोत्सव भित्रको सुरक्षा व्यवस्था आन्तरिकरुपमा आयोजकले गर्ने र बाह्य सुरक्षाका लागि नेपाल प्रहरीले गर्ने गरी तयारी थालिएको उनले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार महोत्सवको उद्घाटनको दिन सुरुमा शोभा यात्रा निकाल्ने तयारी गरिएको छ । महोत्सवको उद्घाटनका लागि संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीको प्रमुख उपस्थिति रहने छ ।

बैठकमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले महोत्सव सफल पार्न भरतपुर महानगरले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए । भरतपुर महानगरपालिका महोत्सवको प्रवद्र्धक संस्थाका रुपमा रहेको छ ।

बैठकमा समितिका सदस्यहरुले महोत्सवलाई सफल पार्न विभिन्न सुझावहरु दिएका थिए ।महोत्सव प्रवद्र्धन समितिका संयोजक एवम् उवासंघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले महोत्सव सफल पार्न मुल आयोजक समितिका सदस्यहरुको महत्वपूर्ण भूमिका रहने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरे । उनले महोत्सवको व्यापक प्रचारमा यतिखेर जुटिएको र सकरात्मक प्रतिक्रियाहरु प्राप्त भएको जानकारी गराए ।

उनले बैठकले दिएका सुझावहरुलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउँदै बैठकको सापन गरे ।यही पुष २५ देखि माघ १० गतेसम्म नारायणगढस्थित नारायणी नदी किनारमा हुन लागेको १५ औं संस्करण चितवन महोत्सवका लागि ८८३ सदस्यीय मुल समिति बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट