चितवन : चितवन राष्ट्रिय निकुञ्जभित्र अमुवा पोष्टनजिक गस्ती गर्ने क्रममा हात्तीको आक्रमणमा परी नेपाली सेनामा कार्यरत एकजना घाइते भएका छन् ।पोष्टबाट करीब ५ किलोमिटरको दुरीमा, ठोरी गाउँपालिका वडा नं. २ क्षेत्रमा पर्ने चुरे क्षेत्रमा गस्ती गर्ने क्रममा बिहान करीब ११:३५ बजे हात्तीको आक्रमणमा परी सेनाका लान्स-नायक हरि पुलामी मगर घाइते हुनुभएको हो ।
यो समाचार तयार पार्दासम्म घाइते मगरको उद्धारका लागि बगहीँ र अमुवा पोष्टबाट सेनाको टोली परिचालनमा रहेका छन् । घटनास्थल निकुञ्जभित्र मोबाइलको नेटवर्क नटिप्ने क्षेत्रमा रहेकाले थप जानकारी आउन बाँकी रहेको माडी प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij