Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवनमा आगो ताप्ने क्रममा आगोले पोलेर एक बृद्ध घाइते

चितवनमा आगो ताप्ने क्रममा आगोले पोलेर एक बृद्ध घाइते

चितवन: भरतपुर महानगरपालिका–१० स्वस्तिक टोलमा आइतवार बेलुका ५ बजे आगो ताप्ने क्रममा आगोले पोलेर एक बृद्ध घाइते भएका छन् ।

स्थानीय ८१ वर्षीय तीर्थराज पौडेल आफ्नै घरको छतमा आगो तापिरहेको अवस्थामा आगोले एक्कासी पोल्दा शरिरको विभिन्न भागमा ५५ प्रतिशत जलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पौडेललाई उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो । थप उपचारको लागि आइतवार साँझ ७ः१५ बजे काठमाडौँको कृतिपुर अस्पताल रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट