Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो

वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो

चितवन : चौधरी ग्रुपले चितवनका तेजेन्द्र पौडेलविरुद्ध हालेको लिखित गाली बेइज्जती मुद्दा हारेको छ।फेसबुक वाइवाइविरुद्ध लेखेको भन्दै उत्पादक चौधरी ग्रुपले पौडेलविरुद्ध गत जेठ ८ गते ५ करोड रुपैयाँ क्षतिपूर्ति २० हजार जरिवाना र २ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा आइतबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले ‘दाबी नपुग्ने’ फैसला सुनाएको हो।

गत वैशाखमा काठमाडौँ महानगरपालिकाले वाइवाई चाउचाउको गुणस्तर नभएको भन्दै चौधरी ग्रपलाई २ लाख जरिवाना गराएको थियो। त्यसपछि वाइवाई चाउचाउको गुणस्तरबारे देशभर चर्चा भएको बेला पौडेलले पनि फेसबुकमार्फत वाइवाइको गुणस्तर नभएकाले नखाने घोषणा गरेका थिए।

पौडेलले ‘बाइबाइ वाइवाई चाउचाउ कसैले नखानु वाइवाई चाउचाउ’ भनेर फेसबुकमा लेखेका थिए। त्यसपछि चौधरी उनीविरुद्ध मुद्दा दायर गरेको हो।

पौडेलले आइतबार फेसबुकमार्फत् आफूले मुद्दा जितेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘चौधरी ग्रुप सङ को मुद्दामा मैले आज बल्ल करिब १ वर्ष मा न्याय पाएँ चितवन जिल्ला अदालत लगायत मलाई सहयोग गर्नुहुने सबैलाई हृदयदेखि नमन गर्न चाहन्छुु।’

जिल्ला अदालत चितवनले पनि गाली बेइज्जती मुद्दामा दाबी नपुग्ने फैसला भएको जानकारी दियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट