Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्याब्सन चितवनको अध्यक्षमा मदन पुरी : बरिष्ठ उपाध्यक्ष बाहेक सबै पद सर्वसम्मत

प्याब्सन चितवनको अध्यक्षमा मदन पुरी : बरिष्ठ उपाध्यक्ष बाहेक सबै पद सर्वसम्मत

रत्ननगर : निजी तथा आवासीय अर्गनाइजेशन नेपाल (प्याब्सन) चितवनमा बरिष्ठ उपाध्यक्ष बाहेक सबै पद सर्वसम्मत चयन भएको छ । भरतपुरमा भएको १६ औं अधिवेशनले मदन पुरीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । यो समाचार तयार पार्दा सम्म बरिष्ठ उपाध्यक्ष पदमा भने निर्वाचन भइरहेको छ । बरिष्ठ उपाध्यक्ष पदमा भानुभक्त अर्याल र टेकराज अधिकारीको उम्मेदवारी परेपछि निर्वाचन गरिएको हो ।

समितिको उपाध्यक्षमा कृष्ण प्रसाद भट्ट र सारदा ढकाल सचिवमा दयानिधी अर्याल, कोषाध्यक्षमा युवराज युवराज पौडेल, सह सचिवमा पशुपती उपाध्याय, सह कोषाध्यक्षमा जिवन महतो सर्वसम्मत चयन गरिएको हो । समितिको सदस्यहरुमा गोकुल प्रसाद भट्ट, वेदनिधि अर्याल, हिरा प्रसाद रिमाल, विष्णु बहादुर बस्नेत क्षेत्री र कमल प्रसाद सापकोटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट