Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

गैंडाले आक्रमण गर्दा दुध बेच्न हिंडेका अधिकारी घाइते

गैंडाले आक्रमण गर्दा दुध बेच्न हिंडेका अधिकारी घाइते

चितवन : चितवनको राप्ती नगरपालिकामा दुध बेच्न हिंडेका एक पुरूषलाई गैंडाले आक्रमण गर्दा घाइते भएका छन्। राप्ती नगरपालिका वडा नं. १ देउराली चोक पिप्ले बस्ने वर्ष ८३ को दीपबहादुर अधिकारीले दुध बेच्न जाने क्रममा शुक्रबार साँझ करिब ६:४० बजेको समयमा जङ्गली जनावर गैंडाले आक्रमण गरेको थियो।

गैंडाको आक्रमणबाट अधिकारीको मुख र खुट्टामा सामान्य चोट लागेको छ। घाइतेलाई अस्थाई प्रहरी पोष्ट लोथरबाट खटी गएको प्रहरी टोलीले उपचारको लागि सरकारी अस्पताल पठाएको ५ियो। उनको भरतपुर अस्पतालमा उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट