Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

नारायणगढ लेडी जेसीज विवाद : विधान विपरित सदस्यता खारेज र अधिवेशनमा उम्मेद्वारी दर्ता गर्न रोक लगाएको आरोप

नारायणगढ लेडी जेसीज विवाद : विधान विपरित सदस्यता खारेज र अधिवेशनमा उम्मेद्वारी दर्ता गर्न रोक लगाएको आरोप

चितवन : नारायणगढ लेडी जेसीजमा विवाद चर्किएको छ । केही दिन अघि सम्पन्न अधिवेशनमा नयाँ नेतृत्व चयन सम्बन्धमा विवाद सिर्जना भएका हो । अध्यक्ष हेमा श्रेष्ठले आफुले चाहेको व्यक्तिलाई अध्यक्ष बनाउन संस्थाको विधान विपरित नयाँ सदस्यता वितरण तथा सदस्यत खारेज गरि अधिवेशन गराएको असन्तुष्ट पक्षहरुको आरोप छ । असन्तुष्ट पक्षले आफुहरुलाई षड्यान्त्रपुर्वक निर्वाचन प्रक्रियामा समेत सहभागी बन्न तथा उम्मेद्वार दर्ता गराउनबाट बञ्चित गरिएको भन्दै पुन निर्वाचन गराउन माग समेत गरेका छन् । नारायणगढ जेसीज बर्ष २०२४ का कानुनी सल्लाहकार गौरी गुरुङ, कोषाध्यक्ष सानु श्रेष्ठ, पुर्व अध्यक्ष सुष्मिता श्रेष्ठ लगायत असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरि पुन अहिले बनेको कार्यसमिति भंग गरि नयाँ समितिका लागि निर्वाचन गराउनुपर्ने आफुहरुको माग रहेका बताएका हुन् ।विद्यान विपरित सदस्यता नविकरण रोक्ने देखि सदस्यता हटाउने सम्मका कार्यहरु भएको भन्दै योजनावद्धरुपमा आफु पक्षिय बहुमत पु¥याउन प्रयास गरेको र त्यसमा पनि सफल नभएपछि उम्मेद्वारी दर्ता गराउनबाट रोकेको असन्तुष्ट पक्षहरुको आरोप छ ।

१५ मिनेटको समयमा दुई पटक सम्म फरक फरक नामावली टाँसेर अलमल्याएको र उम्मेद्वारी दिदाँ समेत समय सकियो भनेर नलिएको कानुनी सल्लाहाकार गौरी गुरुङले बताईन् । ४७ जना सदस्यमा सहमती भए पनि ३१ जनाको मात्रको अन्तिम नामावली प्रकाशन गरेको गुरुङको भनाई छ । ४७ जनाकै नविकरण रसिद काटेर रकम लिएपनि निर्वाचनमा आफु पक्षिय मात्र सदस्यहरुको नामलिष्ट सार्वजनिक गरि निर्वाचन गराएको र आफ्नो उम्मेद्वारी समेत लिन नमानेको गुरुङको भनाई छ । तत्काल २५ जनाले लिखित रुपमा निर्वाचन प्रक्रिया रोक्न माग गरेपनि सुनुवाई नभएको उनिहरुको भनाई छ । विधान विपरित गराएको निर्वाचन गरि बनेको समिति खारेज गरि नयाँ निर्वाचन गराउनुपर्ने असन्तुष्ट पक्षको माग छ । यस बारे केन्द्रमा जानकारी गराएको र कानुनी उपचार खोज्ने गुरुङले बताइन् । गत (मंगलबार) भएको चौथो साधारणसभा तथा २८ औं शाखा अधिवेशनबाट सन् २०२५ का लागि एलिना श्रेष्ठको अध्यक्षता नयाँ समिती चयन गरिएको गरिएको थियो । निर्धारित समयमा एकल उम्ममेद्वार परेपछि श्रेष्ठलाई निर्विरोध अध्यक्ष भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट