Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

पौष २५ देखि माघ १० सम्म चितवन महोत्सव हुने

पौष २५ देखि माघ १० सम्म चितवन महोत्सव हुने

चितवन  :  चितवनको सामाजिक, आर्थिक, र सांस्कृतिक प्रवद्र्धनका लागि चितवन महोत्सव २०८१ आगामी पौष २५ देखि माघ १० सम्म नारायणी नदी किनारको प्रदर्शनी मैदान, नारायणगढमा आयोजना गरिने भएको छ।

उधोग वाणिज्य सङघ चितवनको आयोजनामा हुने महोत्सवले यस वर्ष पर्यटनलाई मुख्य केन्द्रबिन्दु बनाउँदै चितवनलाई विविधता र समृद्धिको भूमिू को रूपमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ। १५ दिनसम्म चल्ने महोत्सवमा ४३० भन्दा बढी स्टल, चिनियाँ उद्योग वाणिज्य संघको समन्वयमा ऋजष्लभकभ एबखष्ष्यिल, निर्माण एक्सपो, अटो परिसर, र परम्परागत फुड फेस्टिभल लगायतका गतिविधिहरू हुने महोत्सव मुल आयोजक समितिका संयोजक एवं उधोग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

आज भएको पत्रकार सम्मेलनमा उहाँले महोत्सवले चितवनका पर्यटकीय स्थलहरूलाई उजागर गर्न कृत्रिम पार्क, सफारी यात्रा, होमस्टे अनुभव, र वृत्तचित्र प्रदर्शनको योजना बनाएको वताउनुभयो । श्रेष्ठका अनुसार रोबोटद्वारा महोत्सवको समुद्घाटन गरिनेछ भने टिकट अनलाइन र भौतिक दुबै माध्यमबाट खरिद गर्न सकिनेछ।आयोजकका अनुसार महोत्सवमा करिब ५ लाख दर्शकको सहभागिता र ३० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान छ।

चितवन महोत्सव २०८१ ले जिल्लाको पहिचान, व्यवसाय, र रोजगारी प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने आयोजकले विश्वास लिइएको छ।आयोजकले सबैलाई महोत्सव अवलोकन गर्न र सफल बनाउन अपिल समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट