Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

अङ्ग्रेजी नयाँ वर्षमा ‘फेसन हब’ सञ्चालन

अङ्ग्रेजी नयाँ वर्षमा ‘फेसन हब’ सञ्चालन

भरतपुर : अङ्ग्रेजी नयाँ वर्ष–२०२५ तथा टोपी दिवसको अवसर पारेर पुल चोक, मेनरोडस्थित युवा व्यवसायी विशाल खत्रीले ‘फेसन हब’ सञ्चालन गरेका छन् ।

‘फेसन हब’को उद्घाटन गर्दै फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले फेन्सी व्यवसायी विशाल खत्रीले सुरूवात गरेको व्यवसाय सफलताको कामना गरे ।

उनले अहिलेको विषम परिस्थितिमा पनि व्यवसायप्रति लगाव राख्दै बजार अनुकूल व्यवसाय गरी समयअनुसार व्यवसायलाई अपडेट गर्न सके बजारमा अझै केही गर्न सकिने बताए ।

उनले युवाहरुलाई नेपालमै व्यवसाय गर्नका लागि संघका तर्फबाट विभिन्न तालिमका कार्यक्रमहरु योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद सापकोटा, उपाध्यक्ष डिलाराम खरेल, कार्यसमिति सदस्य सन्तोष पोख्रेल, प्रवीन सापकोटालगायत फेन्सी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट