चितवन : चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा.पुष्कर पाल नियुक्त भएका छन् ।उनलाई विश्वविद्यालय उपकुलपति प्रा.डा.शारदा थपलियाको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४ बर्षे कालकालका लागि प्रा.डा. पाललाई रजिष्ट्रारमा पदमा नियुक्त गरेका हुन्।
सोही विश्वविद्यालयको सेवा आयोगको सदस्य रहेका प्रा.डा. पाल पशु विज्ञान, पशु चिकित्सा तथा मस्त्य विज्ञान संकायमा प्राध्यापन गर्दछन्।
सोही विश्वविद्यालय रजिष्ट्रार प्रा.डा.शारदा थपलिया उपकुलपति नियुक्ती भए पछि रिक्त रहेको रजिष्ट्रार पदमा पाललाई नियुक्त गरिएको हो।
नवनियुक्त रजिष्ट्रार पालले देशकै एक मात्रै विशिष्कृत कृषि विश्वविद्यालयको शैक्षिक, भौतिक प्रगतिका साथै अनुसन्धान र प्रसारलाई थप व्यवस्थित बनाएर अगाडि लैजाने बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij