चितवन:मालिका फुड एन्ड हस्पिटालिटी प्रा.लि.द्वारा सञ्चालित वैष्णवले मिठाई उत्पादन तथा बिक्रीमा पारदर्शिता र उपभोक्ता सुरक्षालाई प्राथमिकता दिँदै डिजिटल ट्याग प्रणाली लागू गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै जारी गरेको मिठाई उत्पादन तथा बिक्रीसम्बन्धी मापदण्ड पालना गरेको जनाउँदै प्रतिष्ठानले प्रत्येक मिठाईमा प्रयोग भएका सामग्री, उपभोग्य मिति, मूल्य तथा घिउ वा तेलको विवरणसमेत डिजिटल ट्यागमार्फत उपभोक्ताले सहजै हेर्न सक्ने व्यवस्था मिलाएको छ।
यस प्रणालीअन्तर्गत उपभोक्ताले मिठाई खरिद गर्नुअघि नै त्यसको मिश्रण, गुणस्तरसम्बन्धी विवरण र मूल्यबारे जानकारी प्राप्त गर्न सक्नेछन्। खाद्य सुरक्षासँगै उपभोक्ताको सुसूचित छनोटको अधिकार सुनिश्चित गर्ने दिशामा वैष्णव मिठाई भण्डारको यो पहल अन्य मिठाई व्यवसायीका लागि समेत अनुकरणीय बन्न सक्छ।
चाडपर्वका समयमा मिठाईको गुणस्तर, शुद्धता र उत्पादन सामग्रीबारे प्रश्न उठ्ने गरेको अवस्थामा यस्तो पारदर्शी प्रणालीले उपभोक्ताको विश्वास बढाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij