Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

गण्डकी गाउँपालिकाले प्रदेशमै पहिलोपटक ओएण्डएम प्रतिवेदन स्वीकृत गर्‍यो, प्रशासनिक भवन बनटारमै राख्ने निर्णय

गण्डकी गाउँपालिकाले प्रदेशमै पहिलोपटक ओएण्डएम प्रतिवेदन स्वीकृत गर्‍यो, प्रशासनिक भवन बनटारमै राख्ने निर्णय

गोरखा : गण्डकी गाउँपालिकाको २१औँ गाउँसभा तथा विशेष अधिवेशन सम्पन्न भएको छ। बिहीबार सम्पन्न गाउँसभाले प्रदेशमै पहिलोपटक संगठन तथा व्यवस्थापन (ओएण्डएम) प्रतिवेदन स्वीकृत गरेको छ। सभाले विनियोजन विधेयक, २०८३ संशोधन गर्नुका साथै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।

गाउँसभाले दलभन्ज्याङ–रानिश्वारा सडक, बुट्टार–मकैसिङ सडक र सिउरेनिटार–बेनिगाउँ सडक कालोपत्रे गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले जानकारी दिनुभयो।

त्यसैगरी, करारका कर्मचारीलाई महँगी भत्ताबापत मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ। साथै, गाउँपालिकाको प्रशासनिक भवन वडा नम्बर ६ स्थित बन्टारमा निर्माण तथा स्थापना गर्ने निर्णयसमेत सर्वसम्मत रूपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो।

गाउँसभाबाट पारित निर्णयहरूले गाउँपालिकाको प्रशासनिक व्यवस्थापन, कर्मचारीको सुविधा तथा स्थानीय पूर्वाधार विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’को अध्यक्षतामा गाउँसभा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट