Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

साइबर ब्यूरोमा उपस्थित भएनन् कांग्रेस सहमहामन्त्री शिवाकोटी

साइबर ब्यूरोमा उपस्थित भएनन् कांग्रेस सहमहामन्त्री शिवाकोटी

काठमाडौँ  : नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छैनन्। ब्यूरोले सोधपुछका लागि बोलाए पनि उनी बिहीबार उपस्थित नभएका हुन्।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार शिवाकोटी बिहीबार ब्यूरोमा उपस्थित भएनन्। उनी उपत्यकाबाहिर रहेकाले उपस्थित हुन नसकेको अवस्थीले जानकारी दिए। 

शिवाकाेटीले आफूलाई प्रहरीले खाेज्न नपर्ने भन्दै साइबर ब्यूराेमा उपस्थित हुने बताएका थिए।

शिवाकोटीविरुद्ध पत्रकार रोशन खड्काले साइबर ब्यूरोमा उजुरी दिएको बताइएको छ। 

काठमाडौँमा अपार्टमेन्ट किन्न दाइजो ल्याउन नसकेको भन्दै श्रीमतीलाई प्रताडित गरी आत्महत्या गर्न बाध्य बनाएको आरोप पत्रकार खड्कासँग जोडेर शिवाकोटीले सामाजिक सञ्जालमा सामग्री पोस्ट गरेका थिए।

उनले खड्कालाई लक्षित गर्दै सत्ताको नजिक रहेर प्रोपोगान्डाको औजार बनेको आरोपसमेत लगाएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट