Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा

कावासोती : चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनअन्तर्गत बेथरी खोलाको छेउमा निउरो टिप्न गएका स्थानीय ४६ वर्षीय भीम महतोको बाघको आक्रमणबाट मृत्यु भएको हो।मंगलबार दिउँसो करिब २ बजे चार जना साथीहरूसँग निउरो टिप्न गएका महतोलाई बाघले आक्रमण गरी जंगलतर्फ लगेको थियो। उनका साथीहरूले घटनाबारे सोही दिन साँझ ५ः४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगरमा जानकारी गराएका थिए।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत गणेश तिवारीका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना, निकुञ्जका कर्मचारी, स्थानीय बासिन्दा तथा वनका कर्मचारीको समन्वयमा खोजी कार्य सुरु गरिएको थियो।खोजीका क्रममा बुधबार बिहान १०ः५५ बजे चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा महतोको शव फेला परेको तिवारीले बताए।उनका अनुसार शव फेला परेको स्थाननजिकै रहेको बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र नियन्त्रणमा लिइएको बाघको अवस्थाबारे सम्बन्धित निकायले आवश्यक अध्ययन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट