काठमाडौँ : भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
प्रशासकीय अधिकृत घिमिरेले लिएको ३३ लाख रुपैयाँ घुस रकम बरामद गरिएको अख्तियारका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
घुस लेनदेन भइरहेको सूचनाको आधारमा सोमबार अख्तियारले नगरपालिकाको कार्यालयमा छापा मारेर कागजात पनि बरामद गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले नगरपालिकाको कार्यालयमा छापा मारेको पुष्टि गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij