काठमाडौं : नेपाल प्रीमियर लिगको आजको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङमा उत्रेको चितवनले ६ विकेट गुमाएर १२९ रन बनायो।
चितवनका लागि रवि बोपराले सर्वाधिक ४९ रन बनाए भने विवेक यादवले १७ रन बनाएर आउट भए। डेविड मलान र १६, अर्जुन साउद र सिकन्दर राजाले समान १५/१५ रनको योगदान दिए। टम टेलरले ६ रन बनाए। सुदूरपश्चिमका स्कट कुग्गेलेजनले दुई विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र अनिल खरेलले एक एक विकेट लिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij