Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

स्वास्थ्य चौकी उद्घाटनको विषयलाई लिएर विवाद हुँदा बारामा प्रहरीले गोली चलायो, एक जना घाइते

स्वास्थ्य चौकी उद्घाटनको विषयलाई लिएर विवाद हुँदा बारामा प्रहरीले गोली चलायो, एक जना घाइते

वीरगन्ज : बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटनको विषयलाई लिएर विवाद हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएको मधेस प्रहरीले जनाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम अन्सारीसहितको टोलीले आज गाउँमा स्वास्थ्य चौकी उद्घाटन गर्न राखेको कार्यक्रममा विपक्षी समूहले रोक लगाएपछि विवाद सुरु भएको थियो ।

विवाद उग्ररुप लिँदै दुई समूहबिच झडप हुन थालेपछि प्रहरीले लाठी चार्ज गर्दा प्रहरीमाथि ढुंगामुढा प्रहार हुन थालेपछि जवाफी कारबाहीमा प्रहरीले गोली चलाएको मधेस प्रहरी प्रमुख डिआइजी ओम प्रसाद अधिकारीले बताए।

उनका अनुसार भीड नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले हवाई फायर मात्र गरेको हाे। तर त्यहाँ एक जना गोली लागेर घाइतेसमेत भएको उनको भनाइ छ । कसको गोलीबाट ती युवक घाइते भएको खुल्न नसकेको मधेस प्रहरीले जानकारी दिएको छ । फेटा गाउँपालिका वडा नम्बर-३ स्थित स्वास्थ्य चौकीको उद्घाटन गर्न खोज्दा विवाद भएको थियो ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नजिकै विवाद भएको हो । गोली लागेर घाइते भएका युवकको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको मधेस प्रहरीले जनाएको छ । घाइते युवकको पहिचान भने अहिले खुल्न नसकेको मधेस प्रहरीले बताउँछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij