Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

सिरहामा ८४ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ

सिरहामा ८४ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ

जनकपुरधाम : सिरहाको औरही गाउँपालिकाबाट प्रहरीले ८४ किलोभन्दा बढी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा औरही गाउँपालिका–२ तुलसीपुरका ५३ वर्षीय छेदी दास र बरियारपट्टी गाउँपालिका–३ शिवनगरका ६५ वर्षीय शंकर यादव रहेका छन्।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति करिब ११ बजे औरही गाउँपालिका–२ स्थित देउरीपट्टी स्कुल नजिकैबाट उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार प्रहरी चौकी हकपारा सिरहाबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा उत्तरबाट दक्षिणतर्फ कालो प्लास्टिकका पोका बोकेर जाँदै गरेका उनीहरूलाई शंकास्पद अवस्थामा देखेपछि जाँच गर्न खोजेको थियो । 


प्रहरीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई नियन्त्रणमा लिएर पोका जाँच गर्दा गाँजाका पाँचवटा पोका फेला परेको उनले बताए ।उनका अनुसार ती पोकामा रहेको गाँजा तौल गर्दा ८४ किलो ५९० ग्राम रहेको छ। बरामद गाँजा सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij