Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

बाढीपहिरोले गोरखा र कर्णालीका सडक अवरुद्ध, केही खण्डमा एकतर्फी सञ्चालन

बाढीपहिरोले गोरखा र कर्णालीका सडक अवरुद्ध, केही खण्डमा एकतर्फी सञ्चालन

काठमाडौं : नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको अवरोधको पछिल्लो विवरण सार्वजनिक गरेको छ । आज बिहान ६ः३० बजेसम्मको तथ्याङ्कअनुसार बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू प्रभावित भएका छन् ।

गोरखाको आरुघाट गाउँपालिका वडा नं. २, ३ र सोही गाउँपालिकाको वडा नं. ९ नयाँपुलस्थित सोतीमा रहेको फलामे पुल तथा गोरखा आरुघाटबाट धादिङ जोड्ने राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

आरुघाट गाउँपालिका वडा नं.९ नयाँपुलस्थित गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्डमा भने हाल साना सवारी साधन मात्र सञ्चालनमा आएका छन् ।

पहिरोका कारण बराहताल गाउँपालिका वडा नं. ७ औंलिसेस्थित कर्णाली राजमार्ग प्रभावित भएको थियो। हाल उक्त राजमार्ग एकतर्फी रूपमा मात्र सुचारु रहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij