Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

थानकोटमा ६० केजी चाँदी बरामद, सुनचाँदी व्यवसायी पक्राउ

थानकोटमा ६० केजी चाँदी बरामद, सुनचाँदी व्यवसायी पक्राउ

काठमाडौँ  : थानकोटबाट प्रहरीले भन्सार छलेर ल्याइएको आशङ्कामा करिब ६० केजी चाँदी बरामद गरेको छ। सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चाँदीको अवैध ओसारपसारमा संलग्न आरोपमा भारतीय नागरिक अमन सर्राफलाई पक्राउ गरेको हो।

बिहारको रक्सौल घर भएका अमनले थानकोटमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए। प्रहरीले उनको पसल र डेरामा खानतलासी गर्दा उक्त सामान फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार अमनका बुवा रमेश कुमार सर्राफ र आमा चन्दा सोनीलाई आइतबार मकवानपुर प्रहरीले हेटौँडाबाट १४ केजी चाँदीसहित पक्राउ गरेको थियो। बरामद सामानको परीक्षण र वास्तविक तौल यकिन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij