Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

एलपी ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गर्न निगमको निर्देशन

एलपी ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गर्न निगमको निर्देशन

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको बिक्री वितरण गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ।

ग्यास बिक्री गरेपछि ग्राहक तथा डिलरलाई बिलबिजक नदिने गरेको भन्दै विभिन्न गुनासो आएपछि निगमले यस्तो व्यवस्था कडाइका साथ लागू गर्न उद्योगहरूलाई भनेको हो।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै आफूले नियुक्त गरेका बिक्रेतालाई अनिवार्य रूपमा भ्याट बिल उपलब्ध गराई सोहीअनुसार ग्यास बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको छ।

निगमले जारी गरेको पत्रमा उद्योगबाट नियुक्त कतिपय बिक्रेताले ग्यास बिक्री गरेपछि बिलबिजक जारी नगर्ने गरेको गुनासो प्राप्त भएको उल्लेख छ। यस्तो समस्या रोक्न बिक्रेतालाई अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन निगमले आग्रह गरेको छ।

यस विषयमा निर्णय कार्यान्वयन गर्न यसअघि पनि सम्बन्धित संघहरूलाई पत्राचार गरिएको निगमले जनाएको छ।

बजारमा ग्यासको कारोबारलाई पारदर्शी बनाउने, बिक्री वितरण प्रणालीलाई व्यवस्थित गर्ने तथा राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले भ्याट बिल अनिवार्य गर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न निगमले उद्योगहरूलाई सचेत गराएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij