काठमाडौँ : यो वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने मिति सरेको छ।स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।
सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै आएको छ।
यो वर्ष कात्तिक २ र ३ गते दशैंको बिदा परेकाले पहिलो चरणको कार्यक्रम निर्धारित समयभन्दा पछि सञ्चालन गर्न लागेको विभागले जनाएको छ।
६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधी खुवाइनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij