चितवन : इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा भट्टलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन, व्यावसायिक निष्ठा र निरन्तर समर्पण प्रदर्शन गर्नुभएको कदरस्वरूप उहाँलाई सम्मान गरिएको जनाइएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भट्टलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा कार्कीले आगामी दिनमा पनि राष्ट्रसेवाको जिम्मेवारीलाई थप प्रतिबद्धताका साथ निर्वाह गर्दै कर्तव्यपथमा अविचलित रूपमा अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो।
अपराध अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेबापत प्राप्त यस सम्मानले प्रहरी सेवामा व्यावसायिकता, निष्ठा र जिम्मेवारीबोधलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij