Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृमा क्षति : एक जना बेपत्ता

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृमा क्षति : एक जना बेपत्ता

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृह पहिरोले पुरिँदा एक जना सुरक्षा गार्ड बेपत्ता भएका छन्।

मङ्गलबार राति करिब ३ बजे विद्युतगृहको पछाडि रहेको ल्यासीको भीरबाट पहिरो खस्दा विद्युतगृहमा क्षति पुगेको हो। पहिरोमा परी आयोजनामा सुरक्षार्थ खटिएका खिमबहादुर बरुवाल सम्पर्कविहीन भएको स्थानीय प्रेमबहादुर बरुवालले जानकारी दिए।

पहिरोले जलविद्युत् आयोजनाको विद्युतगृह पुरिएको सूचना पाएपछि अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीस्थित इलाका प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले पहिरोमा पुरिनुभएका एक जनालाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिए।

विद्युतगृहको पछाडि रहेको पहाडको माथिल्लो भाग खसेर विद्युतगृहको केही भाग पुरिएको प्रहरीले जनाएको छ। आयोजनामा कार्यरत एक जना सुरक्षा गार्ड सम्पर्कविहीन रहेको र उहाँको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

२०८० असारदेखि यो पावरहाउस सञ्चालनमा आएको थियो। अन्नपूर्ण गाउँपालिका–५ कुरिलाखर्कमा बाँध बनाई घारखोलाको पानी तीन हजार पाँच सय मिटर लामो सुरुङमार्फत सोही गाउँपालिका–६ अमिलाकाफलस्थित आउटलेटमा ल्याइएको छ। 

त्यहाँबाट एक हजार दुई सय मिटर लामो पेनस्टक पाइपमार्फत ४८५ मिटर हेडबाट बेनी–जोमसोम सडकअन्तर्गत पोखरेबगरस्थित विद्युतगृहमा पानी पुर्‍याइएको छ। पहिरोले विद्युतगृहमा क्षति पुर्‍याएपछि आयोजनाको विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट