Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध

मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा यही साउन १० गते राति भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा आज निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ।

प्रशासनले सार्वजनिक अपिल जारी गर्दै काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत मेहताको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

उक्त घटनाबाट प्रभावित पक्षलाई परेको चोट तथा आहतलाई पूर्णरूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै मृतकका परिवारसँग गृहमन्त्री सुधन गुरुङले गरेको सम्झौता अनुरूप राहत र सहायता उपलब्ध गराउन राज्य प्रतिबद्ध रहेको प्रशासनले जनाएको छ।

कार्यालयले यस शोकको घडीमा परिवेशलाई थप नबिथोली संयम र सहिष्णुता कायम गर्न र धैर्यता साथ रहन सम्बद्ध सबै पक्षमा हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट