काठमाडौं : उच्च अदालतहरूले इजलासबाट जारी आदेशहरू उही दिन विद्युतीय प्रणालीमा राख्न सुरु गरेका छन् । उच्च अदालत पाटनका रजिष्ट्रार डा. अशोककुमार क्षेत्रीका अनुसार उच्च अदालत पाटनमा आजैबाट केस म्यानेजमेन्ट सिस्टम (सीएमएस)मा राख्न सुरु गरेको बताए । आवश्यक पूर्वाधार तयार गरी कार्यान्वयनमा ल्याउन प्रशासन, सूचना प्रविधि र इजलास अधिकृतहरूलाई सोमबारै निर्देशन भएको उनले जानकारी दिए ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको घोषणा अनुसार इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा राख्न गरेको सर्कुलर अनुसार उच्च अदालत पाटनले आजबाट आदेश राख्न सुरु गरेको हो । शर्माले संसदीय सुनुवाइ सुनुवाइ समितिमा समेत सीएमएस प्रणाली कार्यान्वयनका लागि प्रतिबद्धता जनाएका थिए । अदालतको विद्युतीय प्रणालीमा उही दिन आदेशहरू अपलोड गर्दा मुद्दाका पक्ष, कानुन व्यवसायी तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्नेछन् ।
सर्वोच्च अदालतले यसअघि नै इजलासबाट भएका आदेश सोही दिन सीएमएसमा राख्न सुरु गरिसकेको छ । सूचना प्रविधि महाशाखाबाट आदेश अपलोडका लागि सूचना प्रविधि हेर्ने प्राविधिकलाई तालिम दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij