सिन्धुपाल्चोक : अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लिपिङमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय कोदारीका अनुसार मंगलबार बिहान करिब ९ः३० बजे पहिरो खसेपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो।
सडक अवरुद्ध भएसँगै चीनसँग जोडिएको प्रमुख व्यापारिक नाका तातोपानीतर्फको आवागमन तथा ढुवानीसमेत प्रभावित भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पहिरोसँगै सडकसमेत भासिएकाले माथिबाट मात्रै पहिरो हटाएर सडक सञ्चालन गर्न सम्भव छैन।
आवश्यक संरचनात्मक काम नगरी सडक खुलाउन कठिन हुने भएकाले सडक सञ्चालनमा केही समय लाग्न सक्ने जनाइएको छ। सडक अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij